June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

२०७८ फाल्गुन २४

1K

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुने छ ।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।

Advertisement