February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

युभेन्ट्स विजयी

२०७८ फाल्गुन २३

1.4K

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटाले निर्णायक गोल गरे । मोराटाले खेलको २१ औं मिनेटमा गोल गरे ।

Image

यस जितसँगै युभेन्ट्सले २८ खेलमा ५३ अंक जोडेको छ । युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।

Advertisement

स्पेजिया २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।