काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानए फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५-० गोल अन्तरले हराएको हो । लाउटरो मार्टिनेजले ह्याट्रिक गरेपछि इन्टरले फराकिलो जित निकालेको हो । दुई गोल इडेन जेकोको नाममा रह्यो ।
खेलको २२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरको अग्रता दोब्बर बन्यो ।
५६ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पूरा गर्दा इन्टर ३-० ले अघि रह्यो। खेलको ६४ औं मिनेटमा इडेन जेकोले गोल गरेपछि इन्टरले ४-० को अग्रता बनायो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा जेकोले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ५-० को जित दिलाए ।
यस जितसँगै इन्टर शीर्ष स्थानमा उक्लिएको छ ।
इन्टरले २७ खेलमा ५८ अंक जोडेको छ ।
सालेरनिटाना १५ अंक जोडेर पुछारमा रहेको छ ।