May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

युभेन्ट्सको जितमा आत्मघाती गोल

२०७८ फाल्गुन १९

320

काठमाडौं । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई १-० गोल अन्तरले हराएको हो ।

युभेन्ट्सको जितमा आत्मघाती गोल निर्णायक गोल रह्यो । खेलको इन्जुरी समयमा फियोरेन्टिनाका लोरेन्जो भेनुटीले आत्मघाती गोल गरेका थिए ।

यस जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग आगामी अप्रिल २० मा हुनेछ ।

Advertisement