June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

विराज र अरुणा सर्वोत्कृष्ट खेलाडी

२०७८ फाल्गुन १७

785

काठमाडौं । फुटबल खेलाडी विराज महर्जन र भलिबलकी अरुणा शाहीले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औं एनएनआईपीए स्पोर्टस अवार्ड २०७८ अन्तर्गत उनीहरुलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो । 

विराज र अरुणाले अवार्डसहित समान एक एक लाख नगद प्राप्त गरे । 

Advertisement

ट्रायथ्लनका हिमाल टमाटाले पुरुषतर्फ तथा तेक्वान्दोकी पार्वती गुरुङले महिलातर्फको प्रतिभाशाली खेलाडी सम्मान प्राप्त गरेका छन् । 

हिमाल र पार्वतीले जनही ५० हजार प्राप्त गरे । 

ब्याडमिन्टनका प्रिन्स दाहालले पुरुष र उसुकी निमा घर्तीमगरले महिलातर्फको उदयमान खेलाडी सम्मान प्राप्त गरे । 

प्रिन्स र निमाले पनि जनही ५० हजार प्राप्त गरे ।  

एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझालाई गजराज आदंर्श खेल व्यक्तित्व सम्मान प्रदान गरेको छ । 

सम्मानसहित पुष्पराजलाई नगद ३५ हजार प्रदान गरेको छ । 

कान्तिपुर दैनिकका खेलकुद पत्रकार हिमेश रत्न बर्जाचार्यलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार सम्मानसहित नगद २५ हजार प्रदान गर्यो ।

एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन बनेका नेपाली महिला टोलीलाई विशेष सम्मान प्रदान गरेको छ।