काठमाडौं । एफए कप फुटबलमा मिड्ल्सब्रो विरुद्धको खेलमा म्यानचेस्टर युनाईटेडका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेका छन् ।
शुक्रबार राति भएको खेलमा २०औं मिनेटमा युनाईटेडले पेनाल्टी पाएको थियो । रोनाल्डोले त्यसलाई बल पोष्ट भन्दा बाहिर प्रहार गरेका थिए । त्यसको केहि मिनेटपछि २५औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
६४औं मिनेटमा म्याट क्रोक्सले गोल गर्दै मिड्ल्सब्रोलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खेल निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा युनाईटेडका एन्थोनी इलंगा गोल गर्नबाट चुके । यो खेलमा युनाईटेड दुईपल्ट पेनाल्टीमा चुकेको हो ।
मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित हुँदै युनाईटेड एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ ।