November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कक्फेक्वा तङ्नामको अवसरमा तेह्रथुममा फुटबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार ८० हजार

4.7K

तेह्रथुम । कक्फेक्वा तङ्नाम (माघे संक्रान्ति) को अवसरमा आठराई गाउँपालिका ५ इवामा श्रीजङ् राय स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । गाउँपालिको वडा नं. ३ स्थीत मौलोडाँडा खेल मैदानमा ईङ्नाम–इवाहाङ युवा समाज खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेदेखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।


आयोजकका अनुसार पुरुष फुटबलमा प्रथम पुरस्कार ८० हजार, दोश्रो पुरस्कार ५० हजार, महिला फुटबलमा प्रथम पुरस्कार ४० हजार, दोश्रो २५ हजार, धाननाचमा प्रथम पुरस्कार १२ हजार, दोश्रो ८ हजार, सांस्कृतिक कार्यक्रममा प्रथम पुरस्कार १० हजार, दोश्रो ६ हजार, तेश्रो ४ हजार, सान्तवना २५ सय र पक्लुङ (सटपुट) मा प्रथम हुनेलाई २५ सय, दोश्रो १५ सय र तेश्रो १ हजार दिइने छ ।


पुरस्कार सौजन्य गर्नेहरूमा प्रकाश, देवी, नारायण, किरण, फणेन्द्र, ज्ञानेन्द्र इङ्नाम (ह्वाकु), डम्बर, खेमशिला इङ्नाम (बेलायत), रोशन इङ्नाम (सिंगापुर), कुमारी इङ्नाम, तीर्थ खापुङ (बेलायत), शान्तिराम इङ्नाम (मलेसिया), ख्याम थापा (ह्वाकु), हेमराज इङ्नाम (ह्वाकु), ज्ञानु इङ्नाम (इवा) रहेका छन् भ ने कार्यक्रमको व्यवस्थापन श्रीजङ राय पापो समाजले गर्ने भएको छ ।

Advertisement


पुरुष, महिला फुटबल प्रतियोगिता हुने उक्त कार्यक्रममा धाननाच, सांस्कृतिक कार्यक्रम तथा पक्लुङ (सटपुट)को समेत प्रतियोगिता हुने समाजका केन्द्रीय सदस्य किशोरचन्द्र इङ्नामले जानकारी दिएका छन् ।