June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

सन् २०२१ मा मेस्सीको गिर्दो खेल

1.7K

काठमाडौं । सन् २०२१ मा लियोनल मेस्सी सनसनीपूर्ण रूपमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) गए । त्यस अगाडिसम्म क्याम्प न्याउमा उनको प्रदर्शन उत्कृष्ट नै थियो ।

तर फ्रान्सेली राजधानी आएयता उनको प्रदर्शन त्यस्तो रहेको छैन्, जस्तो कीर्तिमान सात पल्ट बेलन डे अर जितेको खेलाडीबाट अपेक्षा गर्न सकिन्छ ।

सबैलाई लागेको थियो, मेस्सीले नेयमार र केलियन एमबापेसँग आक्रमणको बेजोड साझेदारी गर्नेछ । तर त्यस्तो केही भएको छैन्, खेल तथ्यांकले भन्छ,मेस्सीको खेल गिर्दो छ । अझ भन्दा उनी प्रतिकुल स्थितिमा छन् । अर्जेन्टिनाका ३४ वर्षीय मेस्सीले लिग वानमा ८ सय ६५ मिनेटमा औसत एक गोल गर्न सकेका छन् ।

Advertisement

बार्सिलोनामा रहेको बेला उनको गोलको औसत मिनेट निकै राम्रो थियो । सन् २००४ को सिजनमा उनी प्रत्येक ७५ मिनेटमा एक गोल गर्थे । युरोपेली च्याम्पियन्स लिगमा भने मेस्सीको प्रदर्शन पीएसजीका लागि राम्रो मान्न सकिन्छ । समूह चरणमा उनले तीन गोल गरिसकेका छन् र पीएसजी आफै नकआउट चरण पुगिसकेको छ ।

मेस्सी अहिले आफ्नो खेल जीवनको जुन मोडमा छन्, त्यस स्थितिमा गोलकै आधारमा मात्र पनि उनको विश्लेषण गर्न नमिल्न सक्छ । त्यसको अर्थ मेस्सी जत्तिको खेलाडीले कुनै पनि बेला आफ्नो प्रतिष्ठा अनुसार जादुयी खेल प्रदर्शन गर्न सक्छ । हामी त खालि विश्वास गरौं, सन् २०२२ उनका लागि सुखद हुनेछ ।