June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

आर्सनल सेमिफाइनलमा

1.8K

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको सेमिफाइनलममा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सन्डरल्याण्डलाई ५-१ गोल अन्तरले हराउँदै आर्सनल अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा एडवर्ड एनकेटियाले ह्याट्रिक गरेपछि आर्सनलले फराकिलो जित निकालेको हो । खेलको १७ औं मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए ।

२७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनलको अग्रता २-० को बनाए । ३१ औं मिनेटमा नाथनले गोल गर्दै सन्डरल्याण्डलाई २-१ को स्थितिमा ल्याए ।

Advertisement

खेलको ४९ औं मिनेटमा एनकेटियाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए । एनकेटियाले ५८ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा आर्सनल ४-१ ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा चार्ली पटिनोले गोल गरेपछि आर्सनल ५-१ ले विजयी भयो । आर्सनलले सेमिफाइनलमा टोटेनहम र वेस्ट ह्यामबीचको विजेतासँग खेल्नेछ ।