January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

च्याम्पियन्स लिग : प्राविधिक त्रुटी भएको भन्दै फेरि गरियो ड्र, यस्तो छ नयाँ तालिका

4.4K

काठमाडाैं । युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र फेरि गरिएको छ । युइएफएले प्राविधिक कारणले कुन टोलीले कुनसँग खेल्न मिल्छ भन्ने विषयमा गल्ती भएको भन्दै च्याम्पियन्स लिगको नकआउट चरणको नयाँ ड्र सार्वजानिक गरेको हो।

नयाँ खेल तालिकाअनुसार अब फ्रान्सेली क्लब पिएसजी (पेरिस सेन्ट जर्मेन) ले रियाल मड्रिडको सामना गर्ने भएको छ।

mostbet

यस्तो छ नयाँ खेल तालिकाः 

Advertisement

साल्सवर्ग विरुद्ध बार्यन म्युनिख

स्पोर्टिङ लिस्बन विरुद्ध म्यानचेस्टर सिटी

बेनिफिका विरुद्ध आयाक्स

चेल्सी विरुद्ध लिल

भिलारियल विरुद्ध युभेन्टस्

पिएसजी विरुद्ध रियाल मड्रिड

इन्टर मिलान विरुद्ध लिभरपुल

एट्लेटिको मड्रिड विरुद्ध म्यानचेस्टर युनाइटेड

यसअघिको खेल तालिकामा दुई सुपरस्टार लियोनेल मेसीको पिएसजी र क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा नै भिड्ने तय भएको थियो।

अन्तिम १६ को पहिलो लेग १५, १६, २२ र २३ फेब्रुअरी सन् २०२२ मा खेलिनेछ। दोस्रो लेग ८, ९, १५ र १६ मार्चमा खेलिनेछ।

यस सिजनदेखि अवे गोलको नियम हटाइएको छ। १ सय ८० मिनेटको खेलपछि पनि बराबरी भए अतिरिक्त समयमा जानेछ भने त्यसमा पनि निर्णय नभए पेनाल्टी खेलाइनेछ।

यो सिजनको फाइनल २८ मेमा रुसमा खेलिनेछ।

यस्तो थियो रद्द गरिएको खेल तालिकाः

बेनिफिका विरुद्ध रियाल मड्रिड

भिलारियाल विरुद्ध म्यानचेस्टर सिटी

एट्लेटिको मड्रिड विरुद्ध बायर्न म्युनिख

साल्जबर्ग विरुद्ध लिभरपुल

इन्टर मिलान विरुद्ध आयाक्स

स्पोर्टिङ लिजबन विरुद्ध युभेन्टस्

चेल्सी विरुद्ध लिल

पिएसजी विरुद्ध म्यानचेस्टर युनाइटेड