काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले एट्लेटिको मड्रिडलाई हराएको छ । आइतबार राति भएको मड्रिड डर्बीमा रियल २-० गोल अन्तरले विजयी भएको हो ।
रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे ।
घरेलु मैदानमा खेलको १६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५७ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए ।
यस जितसँगै रियलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । रियलले १७ खेलमा ४२ अंक जोडेको छ ।
एट्लेटिको २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।