June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

राष्ट्रिय महिला भलिबल टिमको घोषणा

3.5K

काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

नेपाल भलिबल संघले आइतबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय टिम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरण १२ सदस्सीय टिम घोषणा गरेको हो ।

लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन् । यस्तै कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेकी छिन् । ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

Advertisement

नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

नेपाली टिम  :

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी,  सफिया पुन, सुनिता खड्का,  मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ