June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

पुबुदुको नाम क्यानद्धारा अनुमोदन

3.8K

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।

क्यानले पुबुदु सहित ५ जना प्रशिक्षकको नाम आईसीसीमा सिफारिस गरेको थियो ।

Advertisement

आईसीसीको राय अनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकलाई सोही जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो ।
पुबुदुलाई मुख्य प्रशिक्षक बनाउने क्यानको तयारीको समाचार यसअघिनै प्रकाशित भैसकेको थियो ।

क्यानका पदाधिकारीले समेत अनौपचारिक रुपमा यसलाई पुष्टि गरेका थिए ।

तर शनिबार क्यानको बोर्ड बैठकले पुबुदुको नामलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।

शुक्रबार मात्र पुबुदुले खेलपाटीसँग कुरा गर्दै आफु पुन नेपालको राष्ट्रिय टिममा फर्कन पाउँदा उत्साहीत रहेको प्रतिक्रिया दिएका थिए ।