January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

एट्लेटिको पराजित

405

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मालोर्कासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा एट्लेटिको पराजित भएको हो । खेलको ६८ औं मिनेटमा माथ्युएस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ८० औं मिनेटमा फ्रान्को रुस्सोले गोल गर्दै मोलार्कालाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा ताकेफुसा कुबोले गोल गर्दै मोलार्कालाई २-१ को जित दिलाए ।

Advertisement

यस हारसँगै एट्लेटिकोले शीर्ष दुईमा उक्लने अवसर गुमाएको छ । एट्लेटिको २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

मोलार्का १९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।