January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

मिलान शीर्ष स्थानमा

395

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । शनिबार भएको खेलमा मिलानले सालेरनिटनालाई २-० गोल अन्तरले हराएको हो ।

मिलानको जितमा फ्रान्क केस्सी र एलेक्सिस सालेमेकर्सले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा फ्रान्कले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको १८ औं मिनेटमा एलेक्सिसले गोल गर्दै मिलानलाई २-० को जित दिलाए । यस जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

Advertisement

मिलानले १६ खेलमा ३८ अंक जोडेको छ । सालेरनिटना ८ अंक जोडेर पुछारमा रहेको छ ।