June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

वुमन्स टी-२० विश्वकप एसिया छनोट : पहिलो खेलमा नेपाल पराजित

2.2K

काठमाडाैं । आइसिसी वुमन्स टी- २० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। युएईमा आजबाट सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ४ रनको योगफल तयार गरेको थियो। जवाफमा उक्त लक्ष्य हङकङले १२ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्‍यो।

हङकङको जितमा ओपनर मारिको हिलले ४२ बलमा ४ चौका सहित ४४ रनको अविजित इनिङ खेलिन। त्यस्तै नतासा मिलेसले १६ रनको स्को बनाउँना कप्तान कर्य चनले १७ रन बनाइन। ओपनर हिललाई इमा लाइले १४ रनको अविजित सहयोग गर्दा हङकङले सहज जित निकालेको थियो। नेपालका लागि कविता कुंवर, सिता राना मगर र सबनम राईले समान १-१ विकेट लिए।

Advertisement

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहेकी थिइन्। ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन आउट भइन्। तेस्रो विकेटका लागि इन्दु र सीताले ८१ रनको साझेदारी गरेका थिए। तर नेपाली ब्याटरले खुलेर खेल्न नसक्दा चुनौतीपुर्ण स्कोर तयार गर्न नेपाल असफल रह्यो।

हारसँगै नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न चुनौती बनेको छ। अब नेपालले बाँकी चारै खेलमा जित निकालेर पुग्दैन हङकङले कम्तीमा एक खेल हार्नु पर्ने छ। नेपालले दोस्रो खेलमा मंगलबार भुटानसँग खेल्नेछ।