May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

टोटेनहमको पुनरागमन जित

4.9K

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले पुनरागमन गर्दै लिड्स युनाईटेडमाथि २-१ को जित निकालेको हो ।

खेलको ४४ औं मिनेटमा ड्यानियल जेम्सले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५८ औं मिनेटमा पिएरे इमिलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा सेर्जियो रेगुइलोनले गोल गर्दै टोटेनहमलाई २-१ को जित दिलाए । मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेको यो लिगमा पहिलो जित हो ।

Advertisement

जितसँगै टोटेनहमले १२ खेलमा १९ अंक जोडेको छ । टोटेनहम अंक तालिकाको सातौं स्थानमा रहेको छ । लिड्स ११ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।