January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

न्युजिल्याण्डविरुद्ध भारतको क्लिन स्विप

595

काठमाडौं । घरेलु टिम भारतले न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ । कोलकत्तामा आइतबार भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा न्युजिल्याण्डलाई ७३ रनले हराउँदै भारतले सिरिज ३-० ले आफ्नो बनाएको हो ।

भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै टिम सेइफर्टले १७ तथा लक्की फर्गुसनले १४ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । न्युजिल्याण्डलाई सस्तैमा समेट्न भारतका अक्षर पटेलले ३ तथा हर्सल पटेलले २ विकेट लिए ।

Advertisement

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो ।

Trent Boult celebrates with his team-mates, India vs New Zealand, 3rd T20I, Kolkata, November 21, 2021

भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । दिपक चाहरले अविजित २१ रन बनाए । यस्तै इशान किसनले २९, श्रेयस एयरले २५ तथा भेन्कातेस आयरले २० रन बनाए ।

न्युजिल्याण्डका मिचेल स्टाननरले ३ विकेट लिए ।