May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

एबी डि भिलियर्सद्धारा सन्यास घोषणा

2.9K

काठमाडौं । दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिईसकेका भिलियर्सले टी–ट्वान्टी लिग भने खेल्दै आएका थिए ।

इन्डियन प्रिमियर लिग अन्तर्गत उनी सन् २०११ देखि रोयाल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै आएका थिए । ३७ वर्षीय भिलियर्सले १७ वर्ष क्रिकेट खेलेका थिए । भिलियर्सले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसिय र ७८ टी–ट्वान्टी खेलेका छन् ।

उनले टेस्टमा ८ हजार ७ सय ६५, एकदिवसियमा ९ हजार ५ सय ७७ र टी–ट्वान्टीमा १ हजार ६ सय ७२ रन जोडेका छन् । भिलियर्सले टेस्टमा २२ शतक र ४६ अर्धशतक तथा एकदिवसियमा २५ शतक तथा ५३ अर्धशतक प्रहार गरेका छन् ।

Advertisement