May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

केनको चार गोल, इंग्ल्यान्ड विश्वकपमा

२०७८ कार्तिक ३०

1.8K

काठमाडौं । इंग्ल्यान्ड सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत सोमबार राति १० खेलाडीमा सिमित सान मारिनोलाई १०-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।

इंग्ल्यान्डको एकतर्फी जितमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे । यस्तै ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले एक एक गोल गरे । सान मारिनोका फिलिप्पो फाब्रीले एक आत्मघाती गोल गरे ।

Image

मग्वाएरले छैटौं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा फाब्रीले आत्मघाती गोल गर्दा इंग्ल्यान्ड २-० ले अघि रह्यो । खेलको २७, ३१, ३९ र ४२ औं मिनेटमा केनले लगातार गोल गर्दा इंग्ल्यान्डको अग्रता ६-० को बन्यो ।

Advertisement

यससँगै केनले इंग्ल्यान्डका लागि ४८ गोल पूरा गरे । र, केन सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा रहेका छन् ।

Image

इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्नेमा केन भन्दा अघि सर बोबी चार्लटन र वायन रुनी रहेका छन् । खेलको ५८ औं मिनेटमा स्मिथले गोल गरे । ६८ औं मिनेटमा रोस्सीले रातो कार्ड पाएपछि मारिनो १० खेलाडीमा समेटियो । ६९ औं मिनेटमा मिङ्सले गोल गर्दा इंग्ल्यान्डको अग्रता ८-० को बन्यो ।

खेलको ७८ औं मिनेटमा इब्राहिम र ७९ औं मिनेटमा साकाले गोल गरेपछि इंग्ल्यान्ड १०-० ले विजयी भयो ।

Image

यस जितसँगै समूह ‘आई’ को इंग्ल्यान्डले १० खेलमा २६ अंक जोड्यो । सान मारिनोले १० खेलमा अंक जोड्न सकेन ।