January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

टी-ट्वान्टी विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक

२०७८ कार्तिक २९

235

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको टिम अफ द टुर्नामेन्ट सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो ।

आईसीसीले सार्वजनिक गरेको विश्वकपको उत्कृष्ट टिमको कप्तानमा पाकिस्तानका बाबर आजम रहेका छन् । टिममा सर्वाधिक धेरै खेलाडी च्याम्पियन टिम अष्ट्रेलियाका रहेका छन् ।

आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई हराएर अष्ट्रेलियाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।

Advertisement

टिम अफ द टुर्नामेन्ट :

डेभिड वार्नर

जोस बट्लर

बाबर आजम

चारिथ असलंका

एडिन मार्क्रम

मोइन अली

वाविन्दु हसरंगा

एडम जाम्पा

जोश हाजलउड

ट्रेन्ट बोल्ट

एन्रिच नोर्किया

शहिन अफ्रिदी (१२ औं खेलाडी)