January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

अष्ट्रेलियालाई टी-ट्वान्टी विश्वकपको उपाधि

२०७८ कार्तिक २८

220

काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । मार्शले अविजित रहदै ७७ रनको योगदान गरे ।  वार्नरले ५३ रनको योगदान दिए । यस्तै कप्तान आरोन फिन्च ५ रनमा आउट भए । ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

Advertisement

David Warner goes for the switch, Australia vs New Zealand, T20 World Cup final, Dubai, November 14, 2021

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै मार्टिन गुप्टिलले २८ रन जोड्दा ग्लेन फिलिप्सले १८ रन बनाए । डार्यल मिचेलले ११ रन जोडे । जेम्स निशमले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन बनाए ।

Kane Williamson hits a one-handed six, Australia vs New Zealand, T20 World Cup final, Dubai, November 14, 2021

अष्ट्रेलियाका जोस हाजलउडले १६ रन खर्चिएर ३ विकेट लिए । एडम जाम्पाले १ विकेट लिए । अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो।

यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराएको थियो ।