एजेन्सी । ह्यारी केनको ह्याट्रिकको सहयोगमा इङ्ल्याण्ड विश्वकप छनोटको नजिक पुगेको छ । शुक्रबार राति इङ्ल्याण्ड विश्वकपको युरोपेली छनोटमा अल्बानियालाई ५-० गोल अन्तरले हराएको छ ।
इङ्ल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिक गरे । ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले समान एक एक गोल थपे । विश्वकपमा छनोटमा हुन इङ्ल्याण्डलाई अन्तिम चरणको खेलमा मात्र राम्रो गोल अन्तर चाहिएको छ ।
खेलको पहिलो हाफमै इङ्ल्याण्डले खेलमा पाँच गोलको अग्रता लिएको थियो । केनले इङ्ल्याण्डका लागि वाइन रोनीको ३७ गोलको कीर्तिमानलाई तोडेका छन् । केन अब जिम्मी ग्रिभ्सको ४४ गोललाई पछ्याउने क्रममा रहेका छन् ।
समूह आइको शीर्ष टिम इङ्ल्याण्डको २३ अंक छ । दोस्रो स्थानको पोल्याण्डको २० अंक छ । इङ्ल्याण्डलाई विश्वकपमा छनोट हुन गोल अन्तरनै काफी हुनेछ ।