January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

न्युजिल्याण्डविरुद्ध इङ्ल्याण्ड ब्याटिङ्गमा

२०७८ कार्तिक २४

385

काठमाडौं । आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । अबुधाबीमा इङ्ल्याण्डविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ र फिल्डिङ रोज्ने निर्णय गरेको छ ।

खेलको सुरुवातमा इङ्ल्याण्डले ब्याटिङ गर्ने भएको छ । इङ्ल्याण्ड इयान मोर्गानको कप्तानीमा मैदान उत्रिएको छ भने न्युजिल्याण्डको नेतृत्व केन विलियम्सले गरेका छन् ।

इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल भेट पक्का गरेका हुन् । न्युजिल्याण्डले भने समूह चरणमा पाकिस्तानसँग पराजित बनेपनि बाँकी टिमलाई हराएको थियो ।

Advertisement

इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर न्युजिल्याण्डले यो सफलता हात पार्न सकेको छैन । इङ्ल्याण्डले यस प्रतियोगितामा ५ खेल खेलेको छ । जसमा उसले ४ मा जित र १ मा हार ब्यहोरेको छ । न्युजिल्याण्डले समेत ५ मध्य ४ मा जित र १ मा हार ब्यहोरेको छ ।

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि (बिहिबार) पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।