January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

बार्सिलोनाद्धारा जाभी सार्वजनिक

२०७८ कार्तिक २२

220

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले जाभी हर्नान्डेजलाई हजारौ दर्शकमाझ नयाँ मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ ।

नोउ क्याम्पमा सोमबार बार्सिलोनाले मैदानमा उपस्थित हजारौ समर्थकमाझ जाभीलाई प्रस्तुत गरेको हो । ४१ वर्षीय जाभीले बार्सिलोनासँग सन् २०२४ सम्मका लागि सम्झौता हस्ताक्षर गरेका छन् ।

मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्तासँगै देखिएका थिए । जाभीले कतारी क्लब अल–साद छाडेर बार्सिलोना आएका हुन् ।

Advertisement

जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए । सन् २०१५ मा बार्सिलोना छाडेका जाभीले क्लबलाई आठ पटक स्पेनिस ला लिगा तथा चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

उनले स्पेनलाई सन् २०१० मा विश्वकपको उपाधि दिलाउनुका साथै दुई पटक युरोपियन च्याम्पियनसिप समेत जिताएका थिए । जाभी विगत दुई वर्षदेखि मध्य–पूर्वमा आफ्नो प्रशिक्षणको कला निखार्दै आएका थिए ।