January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

पाकिस्तानले दियो नामिबियालाई १ सय ९० रनको लक्ष्य

२०७८ कार्तिक १६

590

काठमाडाैं : युएईमा जारी टी–२० विश्वकपको सुपर–१२ मा पाकिस्तानले नामिबियालाई १ सय ९० रनको लक्ष्य दिएको छ । आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनायो।

उसका लागि मोहम्मद रिजवान, कप्तान बाबर आजम र मोहम्मद हाफिजले शानदार ब्याटिङ गरे। रिजवानले ५० बलमा ८ चौका र ४ छक्काको मद्दतमा अविजित ७९ रन बनाए । यस्तै, बाबरले ४९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान दिँदा हाफिजले १६ बलमा ५ चौकासहित नटआउट ३२ रन जोडे। फखर जमान ५ रनमा आउट भए।

बलिङमा डेभिड विसे र जेन फ्रिलिन्कले १/१ विकेट लिए। पाकिस्तान र नामिबिया पहिलो पटक एकअर्का विरुद्ध खेलिरहेका हुन्। पाकिस्तान आज लगातार चौथो जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ। उसले यसअघि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

Advertisement

३ खेलमा शतप्रतिशत नतिजा निकालेर आत्मविश्वासी पाकिस्तान ग्रुप–२ को समूह विजेताको छविसहित उपाधिको दौडमा सशक्त दाबेदारी गरिरहेको छ। नामिबियाले २ खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। सुपर–१२ को पहिलो खेलमा स्कटल्यान्डलाई हराएको नामिबिया दोस्रो म्याचमा अफगानिस्तानसँग पराजित भएको थियो।