काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।
इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका छन् । यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइनमा अभिषेक रिजालसँगै मनीष डाँगी र आयुष घलानले जिम्मेवारी पाएका छन् ।
नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।