June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त

2.7K

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय हो ।

स्रोतका अनुसार सरकारले स्पष्टीकरण सोधेकोमा चिक्त बुझ्दो जवाफ नआएपछि उनलाई बर्खास्त गर्ने निर्णय गरिएको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सिलवाल सदस्य सचिवमा नियुक्त भएका थिए । मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष रहेका गोल्डेन गेट कलेजको प्रमुख कार्यकारी अधिकृत सिइओ पनि हुन् ।

Advertisement

सिलवाल नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजक समेत भएका थिए ।