April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम भोलि ताजकिस्तान प्रस्थान गर्दै

2.4K

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम भोलि ताजकिस्तान प्रस्थान गर्दैछ । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना प्रतियोगिताको छनोटका लागि सिनियर राष्ट्रिय टिममा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् ।

फिफा वरीयतामा नेपाल भन्दा माथि रहेका टिमसँग नेपालले छनोट खेल्दै छ ।

छनोटमा नेपाल समूह ’बी’मा छ । यो समूहमा नेपालसँगै इरान, लेवनान र ताजकिस्तान छन् । ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

Advertisement

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा हुनेछ ।

छनोटको ११ समूहबाट १५ टिम सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु–२३ प्रतियोगितामा छनोट हुनेछन् ।

उज्वेकिस्तान आयोजकको रुपमा स्वतः छनोट भएको प्रतियोगितामा १६ टिम भिड्नेछन् ।

छनोटबाट ११ समूहका विजेता र समूहमा दोस्रो हुने उत्कृष्ट ४ टिम एएफसी यु–२३ छनोट प्रतियोगितामा पुग्नेछन् ।

नेपालले पाँचौ पटक यु–२३ छनोट खेल्न लागेको हो। यसअघिका चार छनोटमा नेपाल असफल भएको थियो ।