June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान

2.3K

काठमाडौँ । च्याम्पियनसिपको फाइनल खेलमा नेपालका लागि सर्वाधिक दोस्रो खेलाडी बनेका रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गर्ने भएका छन् । रोहित र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबाहेक टोलीका अन्य सदस्य भने सोमबार बिहान स्वदेश फर्किएका छन् ।

त्यसैगरी रोहितले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सफल भए पनि सुनौलो इतिहास रच्न चुकेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समस्त फुटबलप्रेमी नेपालीहरुको माया र हौसलासहित साफ च्याम्पियनसिप को फाइनल सम्मको यात्रा तय गर्न सफल भयौं तर इतिहास रच्ने सुनौलो अवसर बाट चुक्यौँ । राष्ट्रिय टोलीको सदस्यको रुपमा सगौरव देशप्रतिको जिम्मेवारी पूरा गरी क्लब पर्सिजाको जिम्मेवारी पूरा गर्न मालदिभ्सबाट इन्डोनेसिया प्रस्थान गर्दैछु । मलाई अनि सम्पूर्ण नेपाली टिमलाई माया गर्नुहुने सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

इन्डोनेसियाको लिगा वानमा रोहितको टिम पर्सिजा जकार्ता ८औं स्थानमा रहेको छ । पर्सिजाको ७ खेलमा २ जित, ४ बराबरी र १ हारमा १० अंक रहेको छ ।

Advertisement

साफ च्याम्पियनसिपको फाइनल खेलेसँगै रोहितको ७४ क्याप पुगेको छ । यसक्रममा उनले पूर्व कप्तान विराट महर्जनलाई उछिनेका छन् । विराजले थ्री नेसन्सकप खेल्ने क्रममा कीर्तिमान ७३ औं क्याप जितेका थिए । पछि त्यसलाई उछिनेर अहिलेका कप्तान तथा गोलरक्षक किरण लिम्बू नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका थिए । भारतविरुद्धको पछिल्लो खेल किरणको ७९औं क्याप थियो ।