June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

स्वदेश फर्किएका नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुलाई भव्य स्वागत

2K

काठमाडौ । साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । उनिहरुलाई विमानस्थलमा खादा लगाएर बाजागाजासहित स्वागत गरिएको थियो ।

खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो ।

Advertisement