काठमाडौं । कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधि जितेको छ ।
शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो ।
महेन्द्र सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१०, २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो ।