June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

जर्मनी विश्वकपमा छनोट हुने पहिलो टोली

3.9K

काठमाडौं । जर्मनी आगामी वर्ष कतारले आयोजना गर्ने फिफा विश्वकप फुटबलका लागि छनोट हुने पहिलो टिम बनेको छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४-० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगाबै विश्वकपका लागि छनोट भएको हो ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गरे । काइ हाभर्ट्ज र जमाल मुसियालाले एक-एक गोल गरे ।

Advertisement

Image

हाभर्ट्जले खेलको ५० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

वेर्नरले ७० औं र ७३ औं मिनेटमा लगातार दुई गोल गर्दा जर्मनीले ३-० को अग्रता बनायो ।

त्यसपछि मुसियालाले खेलको ८० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ४-० को जित दिलाए ।

यस जितसँगै समूह जे बाट जर्मनीले दुई खेल अगाबै विश्वकपमा आफ्नो सिट पक्का गरेको हो ।

यस समूहमा जर्मनी ८ खेलमा २१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

अब जर्मनीले लिचेस्टाईन र अर्मेनियासँग खेल्नेछ ।