काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी ८० अन्तराष्ट्रिय गोल पूरा गर्ने पहिलो दक्षिण अमेरिकी खेलाडी बनेका छन् ।
फिफा विश्वकप छनोट अन्तर्गत उरुग्वेविरुद्धको खेलमा एक गोल गरेसँगै कप्तान मेस्सीले इतिहास रचेका हुन् । मेस्सीले १ सय ५५ खेलमा उक्त कोशेढुंगा पूरा गरेका हुन् ।
उरुग्वेलाई ३-० गोल अन्तरले पराजित गर्दा मेस्सीले सुरुआती गोल गरेका थिए । यस अघि दक्षिण अमेरिकी खेलाडीले ८० अन्तराष्ट्रिय गोल गरेका छैन ।
‘हामीले उत्कृष्ट खेल खेल्यौं । सबै कुरा पूर्ण रुपमा भयो,’ मेस्सीले खेलपछि भने ।