May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

पूर्व फिफा रेफ्री लव खत्रीको निधन

460

काठमाडौं । पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो ।

सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि वाथरुममा छिरेका थिए । वाथरुममा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो । हस्पिटलले निधनको कारण औपचारिक रुपमा बताएको छैन ।

खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए । उनले करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा देखिएका थिए ।

Advertisement

खत्रीको सव अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो पौने १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिने भएको छ ।