May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

डिबालाले विश्वकप छनौट गुमाउने

560

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड पाउलो डिबालाले चोटको कारण विश्वकप छनौटका खेलहरु गुमाउने भएका छन् । विश्वकप छनौट खेल्ने अर्जेन्टिनाको टोलीमा परेपनि डिबालाले खेलहरु गुमाउने भएका छन् ।

युभेन्टसका फरवार्ड डिबालाले छनौट अन्तर्गत पाराग्वे, उरुग्वे र पेरुविरुद्धको खेल गुमाउने भएका हुन् । २७ वर्षीय डिबालाले सिरि ए लिग अन्तर्गत साम्पडोरियाविरुद्ध ३-२ को जित निकाल्दा तिघ्राको चोट बोकेका थिए ।

डिबालाले बुधबार च्याम्पियन्स लिग अन्तर्गत चेल्सीविरुद्धको खेल समेत गुमाएका थिए ।

Advertisement