November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साफ च्याम्पियनसिप : बंगलादेशको विजयी सुरुआत

2.3K

काठमाडौं । बंगलादेशले १३ औं साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । माल्दिभ्समा शुक्रबार भएको पहिलो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै बंगलादेशले सुखद सुरुआत गरेको हो ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा १० खेलाडीमा समेटिएको श्रीलंकाविरुद्ध बंगलादेशका लागि तोपु बर्मानले निर्णायक गोल गरे । बर्मानले खेलको ५६ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका हुन् ।

खेलको ५५ औं मिनेटमा डुकसन पुसलासले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा समेटिएको थियो। यस जितसँगै बंगलादेशले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । श्रीलंकाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Advertisement

साफ च्याम्पियनसिप अन्तर्गत नै नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ। यस पटकको साफमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंका गरि ५ राष्ट्रको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।