May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

मिलानमाथि एट्लेटिकोको जित

465

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति एट्लेटिकोले इटालियन क्लब एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानको घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्टोनियो ग्रीजम्यान र लुइस सुआरेजले एक एक गोल गरे । मिलानका राफेल लिओले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने मिलानले बनाएको थियो ।

खेलको २० औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा फ्रान्क केसीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मिलान १० खेलाडीमा समेटियो ।

Advertisement

Image

खेलको ८४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए । यस जितसँगै समूह बी को एट्लेटिकोले २ खेलमा ४ अंक जोडेको छ ।

एट्लेटिको दोस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको मिलान अंक विहीन रहदै पुछारमा रहेको छ ।