November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आईपीएलमा हैदराबादको दोस्रो जित

2K

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ।

दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

Advertisement

हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

Jason Roy goes aerial, Rajasthan Royals vs Sunrisers Hyderabad, Dubai, IPL 2021, September 27, 2021

अविशेक शर्मा २१ रनमा अविजित रहदा रिद्दिमान साह १८ रनमा आउट भए ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए ।

Mahipal Lomror celebrates a wicket with his team-mates, Rajasthan Royals vs Sunrisers Hyderabad, Dubai, IPL 2021, September 27, 2021

हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिए।

यस जितसँगै हैदराबादले लिगमा दोस्रो जित निकालेको छ ।

हैदराबादले १० खेलमा ४ अंक जोडेको छ ।  हैदराबाद पुछारमा रहेको छ ।

राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Sanju Samson and Mahipal Lomror had a productive partnership, Rajasthan Royals vs Sunrisers Hyderabad, Dubai, IPL 2021, September 27, 2021