June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

पेनाल्टी जिम्मेवारी कसको ? फर्नान्डेज कि रोनाल्डो ?

2.2K

काठमाडौं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाको हातबाट पराजित भए पछि एउटा नयाँ बहस सुरु भएको छ ।

सबैको कौतुहलता बढेको छ, अबदेखि म्यानचेस्टरका लागि कसले पेनाल्टी प्रहार गर्नेछन् ? ब्रुनो फर्नान्डेज कि क्रिस्टियानो रोनाल्डो ।

म्यानचेस्टरले ओल्ड ट्रायफोर्डमा भएको खेलको अन्त्यतिर पेनाल्टीको अवसर पाएको थियो ।

Advertisement

तर त्यसमा फर्नान्डेजको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो । पेनाल्टी प्रहार गर्ने क्रममा फर्नान्डेज निकै दबाबमा देखिन्थे र यसको एउटा कारण टिममा रोनाल्डोको उपस्थिति पनि हो ।

रोनाल्डो रियल मड्रिड र युभेन्ट्समा छँदा पहिलो रोजाईका पेनाल्टी प्रहारकर्ता थिए । तर ब्रुनोको पेनाल्टीमा गोल गर्ने प्रतिशत रोनाल्डोको भन्दा राम्रो छ ।

त्यसैले उनले नै भिल्लाविरुद्ध पनि प्रहार गरे, तर सफल भएनन् । अब के रोनाल्डोले यो जिम्मेवारी पाउने छन् त ? यसको उत्तर अबका खेलले दिनेछ ।

Bruno Fernandes hits back at concerns over Cristiano Ronaldo compatibility  at Man Utd - swiftheadline

सम्भवत: अहिले तत्कालका लागि फर्नान्डेज नै पेनाल्टी प्रहारकर्ता हुनेछन्, तर उनको यो जिम्मेवारी संकटमा भने छ । यही असफल पेनाल्टी प्रहारका क्रममा एउटा रोमाञ्चक मानसिक दबाब सिर्जना गर्ने खेल पनि देखियो ।

भिल्लाका गोलरक्षक इमिलानो मार्टिनेजले पेनाल्टी प्रहार गर्न रोनाल्डोलाई उस्काइरहेका थिए ।

फर्नान्डेजलाई दबाबमा राख्न उनी म्यानचेस्टरका लागि रोनाल्डोले पेनाल्टी प्रहार गर्नु पर्नेमा जोड दिइरहेका थिए ।

नभन्दै फर्नान्डेज आफै दबाबमा आए र मार्टिनेजको कामले रंग ल्यायो र खेल भिल्लाको पक्षमा रह्यो ।