November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

चेल्सीको मैदानमा सिटीको जित

2K

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले निर्णायक गोल गरे । खेलको ५३ औं मिनेटमा जिससले कान्सेलोको पासमा गोल गरेका हुन् ।

यस जितसँगै सिटीले ६ खेलमा १३ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको पनि ६ खेलमा १३ अंक रहेको छ ।

Advertisement

तेस्रो स्थानको चेल्सीको यो सिजनको पहिलो हार हो ।