April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

वार्यनको शानदार जित

1.5K

एजेन्सी । जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले ग्रुथर फर्थलाई हराएको छ । शुक्रबार राति दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको वायर्नले ग्रुथर फर्थलाई ३–१ ले हराएको हो ।

थोमस मुलरले वायर्नलाई सुरुवात अग्रता दिलाएका थिए । जोशुआ किमिचले पाहुना टोलीका अग्रता दोब्बर बनाए । बेन्जामिन पाभार्ड रातो कार्ड खादै मैदान बाहिरिएपछि वायर्न १० खेलाडीमा सिमित बनेको थियो । तर सेबास्टियन ग्रिसबेकको आत्मघाति गोलमा वायर्न ३–० ले अघि बढेको थियो ।

प्राप्त जितले वायर्नले दोस्रो स्थानको उल्फसवर्गसंग तीन अंकको अग्रता लिएको छ । वायर्नले लगातार पाँचौ खेलमा जित निकालेको हो । वायर्नले सबै प्रतियोगितामा पछिल्ला ६ खेलमा २९ गोल गरेको छ । पाभर्डसंगै वायर्नको जित रोवर्ट लेवान्डोस्कीका लागि समेत सुखद रहेन । उनले गर्ड मुलरको लगातार गोल गर्ने कीर्तिमानको दौडबाट पछि हटेका छन् ।

Advertisement

पोल्याण्डका फरवार्डले पछिल्ला १५ लिग म्याचमा गोल गरेका छन् । उनी मुलरको १६ गोलको कीर्तिमानको नजिक थिए । तर लेवान्डोस्कीले प्रहार गरेको तेस्रो गोल ग्रिसबेकलाई लाग्दै पोस्ट भित्र छिर्यो र आत्मघाति बन्न पुग्यो ।

वायर्न ६ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा छ । फर्थ एक अंक सहित तालिकाको पुछारमा छ ।