July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

1.9K

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार पोर्चुगिज रोनाल्डो सन् २०२१ मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका हुन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का लियोनल मेस्सीलाई पछि पार्दै रोनाल्डो सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका हुन् ।

Advertisement

अघिल्लो वर्ष मेस्सी सर्वाधिक कमाउने फुटबलर रहेका थिए ।

फोर्ब्सको अनुसार रोनाल्डोको कमाई १ सय २५ मिलियन अमेरिकी डलर रहेको छ । मेस्सीको १ सय १०  मिलियन डलर रहेको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९५ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४३ मिलियन अमेरिकी डलर रहेको छ ।

लिभरपुलका मोहमद सलाह ५१ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् ।

यस्तै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की ३५ मिलियनसहित छैटौं, आन्द्रेस इनिस्टा ३५ मिलियसहित सातौं र म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा ३४ मिलियनसहित आठौं स्थानमा छन् ।

रियल मड्रिडका ग्यारेथ बेल ३२ मिलियनसहित नवौं र रियलकै इडेन हाजार्ड ३९ मिलियन सहित दशौँ स्थानमा रहेका छन् ।