November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पन्जाबमाथि राजस्थानको रोमान्चक जित

4.4K

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सविरुद्ध रोमान्चक जित निकालेको छ ।

दुबईमा मंगलबार राति भएको रोमान्चक खेलमा राजस्थानले पन्जाबलाई २ रनले हराएको हो । राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक थियो । तर, राजस्थानका बलर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भयो ।

Advertisement

Kartik Tyagi helped Rajasthan Royals snatch victory, Punjab Kings vs Rajasthan Royals, IPL 2021, Dubai, September 21, 2021

पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन बनाए । यस्तै निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए । राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए ।  

Yashasvi Jaiswal goes inside out over the off side, Punjab Kings vs Rajasthan Royals, IPL 2021, Dubai, September 21, 2021

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाए ।

यस्तै इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रन जोडे । पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए । मोहमद शामीले ३ विकेट लिए ।

Arshdeep Singh broke through with Evin Lewis' wicket, Punjab Kings vs Rajasthan Royals, IPL 2021, Dubai, September 21, 2021

यस जितसँगै राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ । राजस्थान पाँचौं स्थानमा रहेको छ । सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ ।