April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

बेन्जिमा चम्किदा रियलको जित

3.2K

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले एक गोल गरे ।

Image

खेलको ६६ औं मिनेटमा हुगोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा भिनिसियसको गोलबाट रियल खेलमा फर्कियो । उनले बेन्जिमाको पासमा गोल गरे ।

Advertisement

त्यसपछि खेलको ८८ औं मिनेटमा भिनिसियसको पासमा बेन्जिमाले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

Image

लिगमा रियलको यो चौंथो जित हो । प्रशिक्षक कार्लोस एन्सेलोटीको नेतृत्वमा रियल अपराजित छ । जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

रियलले ५ खेलमा १३ अंक जोडेको छ । भ्यालेन्सियाको यो पहिलो हार हो  । भ्यालेन्सिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Image