June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

मेस्सीको तलबमै विवाद

1.9K

काठमाडौं । भलै लियोनल मेस्सी विना कुनै मूल्य पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका छन्, तर उनले त्यहाँ धेरै भन्दा धेरै तलब लिनेमा कुनै शंका भएन् ।

तर धेरै भन्दा धेरै भनेको पनि कति त ? यसबारे विभिन्न अनुमान छ । फ्रान्सेली प्रसिद्ध खेल पत्रिका लेकिपले हालै एउटा लामो समाचार छापेको छ र भनेको छ, मेस्सीको तलब ठ्याक्कै यति हो ।

पत्रिकाका अनुसार मेस्सीले सुरुआती दुई वर्ष तीन करोड युरो तलब बुझ्ने छन् । अनुबन्धको अन्तिम तथा तेस्रो वर्ष यो बढेर चार करोड युरो पुग्नेछ। लेकिप स्रोतको आधारमा समाचार छाप्न निकै माहिर छ र उसको स्रोत आफैमा पनि निकै बलियो छ । तर पीएसजीले भने पत्रिकाको दाबी गलत भएको जनाएको छ ।

Advertisement

अर्थात मेस्सीको तलबमै विवाद छ, कति हो भनेर । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्डोले भनेका छन्, लेकिपले जे जस्तो दाबी गरेको छ, त्यो ठीक छैन् । उनले भनेको छ, ‘यो झुठो समाचार मात्र हो । हामीलाई यो पटक्कै मन परेन् । यो सत्यबाट धेरै टाढा छ । पत्रिकाले खेलाडी र क्लबलाई पनि सम्मान गर्न जानेन् ।’

साँचो के हो त ? लियोनार्डो यो भने खुलाउन चाहँदैनन् र भन्छन्, यो सबै गोप्य छ । मेस्सी विश्व फुटबलकै सर्वकालीन महान खेलाडी हुन्, त्यसैले उनी सबैभन्दा बढी तलब बुझ्ने खेलाडी पनि हुन् ।

आर्थिक संकटबाट गुज्रिरहेको बार्सिलोनाले उनको धेरै तलबकै कारण अनुबन्ध गर्न नसकेको बताइसकेको छ।