September 21, 2021, Tuesday
२०७८ आश्विन ५
1:37:26 pm

अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

160

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ ।

अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । आज नेपाल अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ । अमेरिका पनि नेपाललाई हराउन चाहन्छ ।  लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो।

Advertisement

सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा अमेरिकालाई ८ विकेटले हराएको थियो। अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो।

लिग-२ को अंक तालिका :

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।