November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

1.8K

काठमाडाैं । बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय महिला फुटबल टिम गोलरहित बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा सकिएको हो । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

Advertisement

छनोटमा नेपाल समूह ‘एफ’ मा छ भने फिलिपिन्स र हङकङ पनि सोही समूहमा छन् ।