November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

टोटेनहममाथि क्रिस्टलको सानदार जित

1.6K

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले टोटेनहमलाई पराजित गरेको छ । शनिबार भएको खेलमा क्रिस्टलले टोटेनहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टलको जितमा ओडसन एडुवार्डले दुई गोल गरे । विल्फ्रिड जाहाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटियो । उसका टाङगंगा दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जसको फाईदा क्रिस्टलले बनायो ।

खेलको ७६ औं मिनेटमा जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा जाहाको पासमा एडुवार्डले गोल गर्दै क्रिस्टललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा एडुवार्डले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ३-० को जित दिलाए ।

Advertisement

यससँगै शीर्ष स्थानको टोटेनहमले सिजनको पहिलो हार व्यहोरेको छ । टोटेनहम अघिल्लो तीन खेलमा अपराजित रहेको थियो ।

टोटेनहमले ४ खेलमा ९ अंक जोडेको छ । क्रिस्टल ४ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।