May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

वाटफाेर्डलाई हराउँदै टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

2.5K

काठमाडौँ – टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफाेर्डलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको हो ।

दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल नै टोटेनह्यामका लागि निर्णायक बन्यो । जितसँगै ९ अङ्कसहित टोटेनह्याम शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भस्लाई १ –० गोल अन्तरले पराजित गरेको छ ।

युनाइटेड अपराजित यात्रा कायम गर्दै ३ खेलमा ७ अङ्क बटुलेर तेस्रो स्थानमा छ । यस्तै गएराति नै भएको खेलमा बर्नली र लिड्सले एक/एक गोलको बराबरी खेलेका छन्

Advertisement